16
Oct
मुगुमा गुरादेब, बिजयगुरादेब लगायतका धार्मिक मेलाहरू बिहीबारदेखि सुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्त्व राख्ने मेलाहरू कोरोनाका कारण अघिल्ला दुई वर्ष हुन सकेका थिएनन् । यस पटक मेला सुरु भएपछि जिल्लाका गाउँ बस्तीमा चहलपहल सुरु भएको छ। जिल्लाको छायानाथ रारा नगरपालिका , सोरूँ गाउँपालिका र खत्याड गाउँपालिकामा भदौ २७ गते नवमीका दिनबाट भदौ पूर्णिमासम्म गुरादेब , विजय गुराको परम्परागत धामी धार्मिक मेलाहरू सुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार भदौ नवमीका दिनबाट औपचारिक रूपमा मेला सुरु हुन्छन् । धार्मिक अगुवा तथा गुरादेबताका धामी जन बहादुर ऐडीका अनुसार जिल्लाका छायानाथ रारा नगरपालिका,सोरूँ गाउँपालिका र खत्याड गाउँ पालिकामा औपचारिक रूपमा मेलाहरू…