सुनको मूल्यले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँ

साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा १३ सय रुपैयाँले बढेको हो।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

By devalayanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You May Also Like