धार्मिक समाचार

नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु

नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु

नेपालगन्जमा आजदेखि बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । रामलिला मैदानमा सुरु भएको महोत्सवमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् । महोत्सवको पण्डित पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पण्डित पोखरेल, प्रतिनिधिसभा सदस्यहरु दीपा शर्मा, लक्ष्मी तिवारी, प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, कोहलपुरकी उपमेयर संगिता सुवेदी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले बोलेका थिए ।  बाँके र यस आसपासका नागरिकले वर्षौंदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आध्यात्मिक महोत्सव आयोजना गरिएको संयोजक डा. सुरेशकुमार कनोडियाले…
Read More
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई पूजागरि मनाईदै

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई पूजागरि मनाईदै

सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला हुन्छन् । पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने…
Read More
३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु 

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु 

तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिए । यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । यही कात्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को…
Read More
यस वर्षको बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व बर्षावास सकियो

यस वर्षको बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व बर्षावास सकियो

यस वर्षको बुद्ध धर्मावलम्बीको महत्त्वपूर्ण पर्व बर्षावास सकिएको छ। असार पूर्णिमादेखि असोज पूर्णिमासम्मकाे अवधिलाई बर्षावासकारुपमा मनाइने गरिन्छ। बुद्ध धर्मावलम्बीका लागि वर्षावास निक्कै महत्त्वपूर्ण पर्व हो। लुम्बिनी र प्राचीन कपिलवस्तुमा बर्षावास बसेका भिक्षुहरुले यस वर्षको बर्खा बास बिधिवतरुपमा समापन गरेका हुन। असार पूर्णिमादेखि असोज पूर्णिमासम्मको अवधिलाई  बर्षावासका रुपमा मनाइने गरिएको छ। बर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिया सहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षावास भनिन्छ। बुद्ध धर्मावलम्बीका लागि वर्षावास निक्कै महत्त्वपूर्ण पर्व हो। ३ महिने बर्षावासका लागि थाइल्यान्डका ४ भिक्षुहरु प्राचीन कपिलवस्तुको तिलौराकोट र निग्रोधराम कुदानमा बसेका थिए। तिलौराकोटमा…
Read More
आजदेखि कात्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको पूजा गरिँदै

आजदेखि कात्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको पूजा गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं यश प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसीको पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसी पूजा सूर्योदय अघिनै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास…
Read More
चोभारआदिनाथमा एकमहिने मेला सुरु

चोभारआदिनाथमा एकमहिने मेला सुरु

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताए। मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन् । हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर भएको श्रेष्ठले बताए ।   मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने गरेको प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित…
Read More
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
Read More
राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुरामा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुरामा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले आज बाजुरामा रहेको बडीमालिका मन्दिरमा दर्शन गर्ने भएका छन् । राष्ट्रपति पौडेल आज बडीमालिका मन्दिरमा दर्शनका लागि जाने कार्यक्रम रहेको छ । पौडेलले आजै बाजुरास्थित नाट्श्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिपति कार्यालयले जनाएको छ ।
Read More
माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या, आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इञ्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको स्रोतले जनाएको छ । समस्या देखिएपछि अवतरण भएको र सबै स्थिति सामान्य रहेको स्रोतले जनाएको छ । बुद्धको नाइनएनएजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि क्याप्टेनले डाइभर्ट गरी अवतरण गरिएको हो ।
Read More
मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु

 मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछ । असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको हो । मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।पान, मखानसहित महालक्ष्मीको पूजाआराधना गरिन्छ । भोलिपल्ट सूर्योदय भएपछि कोजाग्रत पूजा समापन गरिन्छ । कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै दरिद्र नहुने जनविश्वास छ । कोजाग्रतका दिन मिथिलामा दूध…
Read More